काठमाडौं – जिल्ला प्रशासन कार्यालय भक्तपुरले विवादास्पद मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनी फरार भएका छन् ।
प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले मानहानीको जाहेरी दर्ता गरेका थिए । सो जाहेरीबमोजिम प्रसाईंलाई पक्राउ गर्न भक्तपुर प्रहरीले मागेको अनुमति प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले दिएलगत्तै प्रसाईं भने फरार भएका हुन् ।
झापास्थित बि एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंले केही दिन अघि मेडिकल कलेजको सम्बन्धनका लागि प्रा.डा. गिरीले आफूसँग २० करोड रुपैयाँ मागेको दावी गरेका थिए ।