गायिका राउतमाथि कसुर पुुष्टि भए कैद र जरिवाना दुबै हुन सक्ने

काठमाडौँ – प्रहरीले गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी तैनाथ जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोप लागेको थियो  राउतमाथि ‘गालीगलौज’ र ‘अभद्र व्यवहार कसुर’मा अनुसन्धान थालिएको हो ।


पीडित जवान श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार राउतविरुद्ध उजुरी दिएकी थिइन्। बिहीबार प्रहरी प्रधान कार्यालयले विमानस्थलबाट राउत र प्रहरी जवानबीच भएको विवादको सीसीटिभी फुटेजसमेत हेरेर कसुर गर्नेमाथि कारबाही गर्न महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले यो कसुर प्रमाणित भएमाआरोपीविरुद्द ५ महिनादेखि एक वर्षसम्म कैद वा ५ सयदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय गराउन सक्ने बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार