स्थायी उडानदलका सदस्यहरुले तीन महिनापछि लागू हुनेगरी राजिनामा बुझाएका हुन्। उनीहरुले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाएपनि विदेशीलाई सेवा सुविधा धेरै दिएको आरोप लगाएका छन्।
पाइलटहरुका अनुसार विदेशीले महिनामा ४६ घण्टामात्र जहाज उडाउछन् भने हप्तामा २ दिन छुट्टी पाउVछन्। तलब भने उनीहरुले १५ लाख पाउछन्। कर पनि व्यवस्थापनले तिरिदिएको छ। तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घण्टा जहाहज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन्। त्यसमा कर पाइलट आफैले तिर्दै आएका छन्।
पछिल्लो समय जानकारी नै नदिइ वर्षको अन्तिमतिर शुन्य तलब दिएको र यो वर्षो सुरुदेखि नै एड्भान्सको नाममा १ लाख रुपैयाँ काट्दै आएको क्याप्ट्न श्रवण रिजालले जानकारी दिए।
उनकाअनुसार तलबमा पनि विदेशी र नेपालीबीच गहिरो खाडल रहेको छ। विदेशीले चोखो १५ लाख तलब बुझ्छन् भने नेपालीले ५ लाख तलब पाउँदै आएका छन्।