सिटी एक्सप्रेस मनी ट्रान्सफरको “हरेक कारोबारमा आकर्षक उपहार”

काठमाडौं, १७ माघ – सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अल बिलाद –एन्जाज को संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्ताहरु लाई विभिन्न उपहारहरु को योजना सार्वजनिक गरेको छ ।

यो योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल –अल्बिलाद मोबाइल एप , अल्बिलाद नेट , अल्बिलाद ए. टि. एम .,एन्जाज सेल्फ –सर्भिस मेसिन ,एनजाज पि.ओ.एस., एन्जाज सेन्टर) मा उपलब्ध छ ।

सो योजना अन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले निशुल्क हवाई टिकट (विश्वको जुन सुकै ठाउँ ), २४ जनाले ५ ग्राम सुन का सिक्का , ४५ जना ले सिटी म्याक्स को सपिङ भाउचर र अन्य आर्कषक पुरस्कारहरु जित्न सक्नेछन् ।

यो योजना ३ महिनाको लागि ( जनवरी ३० देखी अप्रिल ३०) सम्म लागु हुनेछ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि विश्व भरी आफ्नो रेमिटान्स सुविधा दिदै आइरहेको छ । एन्जाज र सिटि एक्सप्रेस बिच २०१७ देखि कारोवार सुचारु हुदै आइरहेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार