नेविसंघ तदर्थ कार्यसमिति विस्तार

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ) कार्यसमितिलाई विस्तार गरेका छन् ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार सभापति देउवाले  २०७६ माघ १६ गते गठित “नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” मा पदाधिकारी थप गरी कार्यसमितिलाई विस्तार गरेका हुन् ।

कार्यसमितिको उपसभापतिमा तुलसा पन्त (झापा), उपसभापति मुक्तिराज पौडेल (रुपन्देही), महामन्त्री दिपक भट्टराई (तनहुँ), महामन्त्री उर्मिला थपलिया (धादिङ्ग), महामन्त्री प्रभातकुमार दाहाल (मकवानपुर), महामन्त्री बलदेव तिमल्सीना (सिन्धुपाल्चोक), महामन्त्री युवराज पाण्डे (स्याङ्जा) रहेका छन् ।

नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार