भक्तपुरबाट बालिका अपहरण, पाँच घण्टापछि सकुशल उद्धार

काठमाडौँ, २० माघ एक बालिकाको अपहरण गरी १६ लाख फिरौति माग्दै गरेको अवस्थामा प्रहरीले आइतवार आशीष थापालाई पक्राउ गरेको छ ।

भक्तपुरको सूर्यविनाय निकोशेरास्थित ग्लोरी इङग्लीस स्कुलमा अध्यानरत ती बालिकालाई अभियुक्त थापाले अपहरण गरी घ्याम्पे डाँडा पु¥याएका थिए ।

महानगरीय प्रहरी वृत्त थिमीका अनुसार, बालिका अपहरणमा परेको पाँच घण्टापछि सकुशल उद्धारका साथै सर्लाही लालबन्दी घरभइ हाल बोडे बस्दै आएका थापालाई पक्राउ गरेको हो ।

अभियुक्त थापाले पैसा कमाउनका लागि बालिका अपहरण गरी फिरौति मागेको बयान सकारेको प्रहरी उपरीक्षक सविन प्रधानले बताउनुभयो । स्कुल जान तयार पारिएकी बालिकालाई एक्कसि उठाएर मोटरसाइकलमा राखी अभियुक्त थापा भागेका थिए ।

कालो छिर्के ज्याकेट, निलो जिन्स पाइन्ट, कालो स्पोर्ट जुत्ता लगाएको ब्यक्तिले अल्फावेट नम्वर नखुलेको १६२० नम्वरको कालो पल्सर मोटरसाइकलमा रोइकराई रहेकी बालिका राख्दै गरेको हुलियाँका आधारमा अभियुक्त थापालाई पक्राउ गर्नुका साथै बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार