एजेन्सी, २६ माघ – शनिबार थाइइल्यण्डमा एक सिपाहीले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । उक्त घटना थाइल्याण्डको नखोन रचसिमा प्रान्तमा भएको हो। घटनास्थलमा प्रहरी र सेना परिचालन गरेको बताइएको छ।
प्रहरी प्रवक्ता क्रिस्साना पट्टानचरोनका अनुसार गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्ने बताएका छन् । प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्तिको उद्देश्य खुलेको छैन।
यसबारे अनुसन्धान गर्ने प्रहरीले जनाएको छ। साथै प्रहरीले उनी दोस्रो सैन्य क्षेत्रीय कमाण्डका सिपाही रहेको बताएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको बताइएको छ।