काठमाडौं, २८ माघ — ललितपुर महानगरपालिका वडा नं. २ सानेपामा मृत अवस्थामा भेटिएकी मुना कार्कीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
नेपाल सरकारका पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्की सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन् । कार्कीसँगै घरमा काम गर्ने विजय चौधरी पनि मृत अवस्थामा फेला परेका थिए।
बिहान घरबाट मन्दिर गएर फर्किएका कार्कीले फर्कँदा श्रीमती मुना अचेत अवस्थामा र घरका कामदार विजय चौधरी अर्को कोठामा डोरीमा झुण्डिएको अवस्थामा भेटिएका थिए । भान्साकोठामा रक्ताम्य र अचेत अवस्थामा रहेकी मुनालाई उपचारका लागि ललितपुरस्थित स्टार हस्पिटलमा लगिएको थियो ।
घटना रहस्यमय देखिएको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर ललितपुरले घटनाको अनुसन्धान गरिरहेको छ। मृतक दुवैको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको छ।
पछाडिबाट डोरी लगाएर लडायाे, कपाल समाएर टाउकाे ठाेकायाे
विहान १० वजेर २० मिनेटको सयममा विजय चौधरी भान्सा कोठा पसे । खाना पकाईरहेकी मुना कार्कीको घाँटीमा पछाडिबाट डोरी लगाएर र बल लगाएर उनलार्इ भूइँमा लडाए ।
भुईमा लडेकी मुना प्रतिवाद गर्छिन् तर पनि चौधरी कपाल समातेर जोडतोडले टाउको भुईमा ठोकाउँछन् । करीव पाँच मिनेट लामोे यातनाबाट शिथिल बनेकी मुनालाई नजिकै रहेको पलाष्टिकको पिर्काले टाउको र अनुहारमा जोडतोडले हिर्काउँछन्, मुनाको टाउकोमा हिर्काउँदा हिर्काउँदै पिर्का समेत दुई टुक्रा हुन्छ ।
मुना अचेत हुन्छिन्, त्यसपछि कामदार चौधरी आफ्नो साथमा रहेको डोरी लिएर डाइनिङरुमको अगाडि ढोका छेउमै आत्महत्या गर्छन् । सिसिक्यामेरा फुटेज अनुसार, विहान १०.२० देखि १०.४० वजेसम्म उक्त हत्या घटना भएको हो ।
विगत चारवर्षदेखि घरेलु कामदारको रुपमा भित्रिएका चौधरीलाई कार्की परिवारले छोरा समानको व्यवहार गर्ने गरेको छिमेकीहरू बताउँछन् । विहान पूर्वसचिव कार्की दर्शन गर्न पशुपतिनाथ र अर्की कामदार १२ वर्षीय छोरालाई विद्यालय पु¥याउन गएको वेलामा उक्त घटना भएको हो ।
कार्की दम्पति १२ वर्षीय छोरा र दुई कामदारका साथ बस्दै आएका थिए । दुई छोरी उच्चअध्ययनका क्रममा विदेशमा रहेका छन् । सो घटना रहस्यमय भएकाले थप अनुसन्धान जारी रहेको भनाई प्रहरीको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक हृदय थापाले घरमुली मुनाको हत्या र आत्महत्याको सम्वन्धमा अनुसन्धान जारी रहेको बताउनुभयो ।