अमेरिकालाई ३५ रनमा समेट्दै नेपालद्वारा विश्व कीर्तिमान

काठमाडौँ – नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ८ विकेटले पराजित गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य ५.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको हो ।

यसअघि नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३५ रनमै अलआउट गरेको छ । एकदिवसीय क्रिकेटमा सबैभन्दा कम स्कोरको नकारात्मक कीर्तिमानलाई अमेरिकाले बराबर गरेको छ । यसअघि सन् २००४ मा श्रीलंकाले जिम्बाबेलाई हरारेमा ३५ रनमै अल आउट गरेको थियो ।

बुधबार त्रिवि क्रिकेट कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गरेपछि अमेरिका १२ ओभरमा ३५ रनमै अलआउट भयो । अमेरिकालाई धराशायी पार्ने क्रममा सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार