https://www.saurabhgroup.com/

यात्रुवाहक बस बिजुलीको पोलमा ठोक्किर पोल ढल्दा एक पैदल यात्री घाइते

कास्की, ३ फागुन — पोखरा महानगरपालिका ९ स्थित नयाँबजारमा शनिबार यात्रुवाहक बस बिजुलिको पोलमा ठोक्किएर बिजुलिको पोल ढल्दा पोलले लागी एक जना पैदल यात्री गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा माछापुछ्रे गाउँपालिका २ भुजुङ खोला निवासी ४६ वर्षीया कृष्णकुमारी विश्वकर्मा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

उक्त बिजुलिको पोललमा ४ ख ९३६६ नम्बरको बस ठोक्किएको र पोल ढल्दा उनी घाइते भएकी हुन् । प्रहरीका अनुसार घाइते विकको अवस्था गम्भिर छ । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार