प्रजातन्त्र दिवसको अबसरमा राष्ट्रपतिद्वारा ३२९ को कैद मिनाहा

काठमाडौँ, ७ फाल्गुण – सरकारले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३२९ कैदीलाई बाँकी कैद मिनाहा गरी रिहा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बुधबारदेखि लागू हुने गरी प्रकाश थेवेसहित ३ सय २९ कैदीको बाँकी कैद मिनाहा गरेको राष्ट्रपति कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिका अनुसार संविधानको धारा २७६, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ तथा फौजदारी कसुर ९कैद कट्टा० नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले सरकारको सिफारिसमा उनीहरूको कैद मिनाहा गरेकी हुन्। उनीहरू बुधबार रिहा हुनेछन्।

सरकारले ६० प्रतिशत जेल सजाय भुक्तान गरिसकेकालाई सम्बन्धित जेल प्रशासन हुँदै कारागार विभागबाट आएको प्रस्तावअनुसार उनीहरूलाई रिहा गर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार