घुसकाण्ड बाहिरिएपछि मन्त्री बास्कोटाद्वारा राजिनामाको तयारी

काठमाडौं, ८ फाल्गुन – सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको ७० करोडको घुस काण्डको खुलासा भएसँगै मन्त्री बास्कोटाले राजिनामाको तयारी गरेको बुझिएको छ ।

उनी निकट स्रोतले दिएको जानकारी अनुसार यो प्रकरणमा स्पष्टीकरण दिनुभन्दा पनि राजिनामा दिनु ठिक भन्ने धेरै नेताहरुको सुझावपछि यस्तो तयारी भएको छ । स्रोतका अनुसार उनले यस विषयमा प्रधानमन्त्रीसँग पनि सल्लाह लिने तयारी गरेका छन् ।

एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ घुस काण्ड सार्वजनिक भएको हो । उनले डिलका क्रममा बोलेको अश्लील शब्द पनि अहिले भाइरल भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार