काठमाडौं,१२ फागुन – काठमाडौंको कलंकीमा सोमबार साँझ मालवाहक ट्रकले ९ वटा सवारीसाधनलाई ठक्कर दिएको छ। थानकोटबाट कलंकी आइरहेको मालवाहक ट्रकको ब्रेक फेल हुँदा कलंकी नजिक ढुंगाअड्डाको ओरालोमा ३ मोटरसाइकल, १ स्कुटर, २ मिनीट्रक, १ स्कोर्पियो, १ ट्याक्सी, १ हात्तीगाडी र १ सरकारी गाडीलाई ठक्कर दिएको हो।
उक्त दुर्घटनामा एक जनाले ज्यान गुमाएको कालिमाटी प्रहरी वृत्तका डिएसपी रुगम कुँवरले जानकारी दिए। उनका अनुसार चितवन टाँडीका शमशेर गुरुङले ज्यान गुमाएका हुन्। दुर्घटनामा घाइतेमध्ये चारको अवस्था गम्भीर छ। उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
सर्लाही घर भएका ट्रक चालक वीरेन्द्र कुमार साहलाई नियन्त्रणमा लिइएको डिएसपी कुँवरले जानकारी दिए। ट्रक पनि नियन्त्रणमा लिइएको र थप छानविन भइरहेको उनले बताए।