https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले गरे बिहे

काठमाडौं, १५ फागुन – नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले विवाह गरेका छन्। उनीहरुले बिहीबार जिल्ला अदालत काठमाडौं पुगेर कागजी विवाह गरेका हुन्। प्रियंकाको जन्मदिनको अवसर पारेर यो जोडीले विवाह गरेको बताइएको छ।

अदालतमा पारिवारिक सदस्यको उपस्थितिमा एक अर्कालाई माला लगाइदिएर उनीहरूले आफ्नो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । प्रियंकाले इन्स्टाग्राम अकाउन्टमार्फत कानुनअनुसार आफूहरु एक भएको भन्दै सामाजिक संजालमा बिहेको फोटो सेयर गरेकी छन्।

प्रियंकाले आयुष्मानसँगको तस्विर फेसबुकमा साझेदार गर्दै आफूहरुले कानुनअनुसार विवाह गरेको जानकारी दिएकी छन् । उनले ‘मिस्टर एण्ड मिसेस’ भनेर पनि लेखेकी छन् । शुक्रवार भने उनीहरुले बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यूमा हिन्दू परम्परा अनुसार विवाह गर्दैछन् ।

गत वर्ष नै इन्गेजमेन्ट गरिसकेका उनीहरुको केही दिनयता होटल पार्क भेन्यूमा विवाह अघिका विभिन्न कार्यक्रमहरु भैरहेका छन् । यो जोडीले आफ्नो मेहेन्दी र संगीत समारोहका तस्विर र भिडियोहरु सामाजिक सञ्जालमा बाक्लै साझेदार गरिरहेका छन् । प्रियंकाले आफ्नो हातमा मेहेन्दीले आयुष्मानको नाम लेखाएकी छन् । भने, आयुष्मानको हातमा प्रियंकाको नाम लेखिएको छ

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार