https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

संसद् छलेर इन्धनमा थप कर लगाउने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौं, १६ फागुन – “संसदबाट अनुमोदन गराएर मात्रै कर लगाउनुपर्ने अभ्यासविपरीत सरकारले इन्धनमा पूर्वाधार विकास कर बढाएर उपभोक्तामाथि अतिरिक्त भार थोपरेको छ।

बजारमा भइरहेको मूल्यवृद्धिलाई थप बढावा दिने गरी फागुन १२ को मन्त्रिपरिषद् बैठकले इन्धनबाट उठाउँदै आएको यस्तो कर दोब्बर पारेको हो। यसअघि पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर ५ रूपैयाँ पूर्वाधार कर रहेकामा अब प्रतिलिटर १० रूपैयाँ भएको छ।

मन्त्रिपरिषद् निर्णयलगत्तै भन्सार कार्यालयहरूले यो रकम उठाउन सुरु गरिसकेका छन्। तर, यसरी उठाइएको रकम कहाँ खर्च गर्ने भन्ने टुंगो लागेको छैन,” । – कान्तिपुर दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार