प्रधानमन्त्रीको बुधबार दोश्रो पटक मृगौला प्रत्यारोपण नेपालमा गरिने

काठमाण्डाै, १९ फाल्गुण – प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो बुधबार  दोश्रो पटक मृगौला प्रत्यारोपण नेपालमा गरिने भएको छ । आउँदो बुधबार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

नेकपाका अध्यक्षसमेत रहनुभएका ओलीले आइतबारको सचिवालय बैठकमा यसबारेमा जानकारी दिनुभएको थियो । बैठकले उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गरेको पनि सल्लाहकार थापाले जानकारी दिनुभयो ।

ओलीको १३ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उहाँ नियमित डायलासिस गराउँदै आउनुभएको छ । प्रधानमन्त्री ओलीले दोश्रो पटकको मृगौला प्रत्यारोपणपछि पनि आफू अहिलेकै जस्तो सक्रिय रहने बताउँदै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार