बलात्कार अभियोग लागेका सिद्धबाबा जेल चलान

काठमाडौं, २० फागुन – एक महिलालाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जेल चलान हुनुभएकोछ छ ।उहाँलाई पुर्पक्षका लागि थुनामा राख्न सुनसरीको झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ।

सुनसरीको चतराधामका बाबाका रुपमा चिनिने गिरीलाई उच्च अदालत विराटनगरले गत माघ ९ गते गिरीलाइ पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । त्यसयता सम्पर्कविहीन रहेका गिरी आज मंगलबार सुनसरी जिल्ला अदालतमा हाजिर हुनुभएको थियो ।

एक महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोपमा गत मंसिर दोस्रो साता पक्राउ परेका ४६ वर्षीय गिरी जिल्ला अदालत सुनसरीको आदेशमा गत पुस १४ गते तीन लाख रुपैयाँको धरौटीमा रिहा हुनुभएका थियो ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार