काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) मा दुईजना नेपालीमा कोरोना भाइरस संक्रमण भेटिएको छ। सोमबार युएईको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार दुईजना नेपालीमा कोरोना संक्रमण पाइएको हो।
नेपालीसहित १४ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमित हुनेको संखया ५९ पुगेको छ। संक्रमितमध्ये ४ जना युएईका र इटलीका ३ जना रहेका छन्।
त्यस्तै २ नेपाली र २ बंगलादेशीमा संक्रमण देखिएको छ भने एक–एक जना भारतीय, रुसी र सिरियाली नागरिक रहेकाे गल्फ न्युजले जनाएकाे छ।
युएईमा कोरोना संक्रमण फैलिन थालेपछि उसले विभिन्न ९ देशका नागरिकलाई आफ्नो देशमा प्रतिबन्धसमेत लगाइसकेको छ। जसमा नेपाली परेका छैनन्। उता कतारले भने नेपालीसहित १६ देशका नागरिकलाई अस्थायी प्रतिबन्ध लगाएकको छ।