काठमाडौं, २९ फाल्गुन – अमेरिकाले युरोपेली नागरिकलाई प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस फैलिन नदिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका हुन् ।
बिहिबार बिहानको सम्बोधनमा शुक्रबारदेखि ३० दिनसम्मको लागि उक्त नियम लागू हुने ट्रम्पले बताए । यद्यपि, उक्त ‘कडा तथा अत्यावश्यक’ प्रतिबन्ध बेलायतका लागि भने लागू नहुने ट्रम्पले बताएका छन् । बेलायतमा ४ सय ६० जनाको संक्रमण देखिएको छ ।
अमेरिकामा कोरोना भाइरसको संक्रमण १ हजार १ सय ३५ मा पुष्टि भइसकेको छ । अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।