कोरोना विश्वव्यापी महामारी बनेको डब्ल्यूएचओको घोषणा, एकैदिनमा ३ सय ३१ को मृत्यु

काठमाडौं- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले विश्वव्यापी महामारीको रुप लिएको घोषणा गरेको छ । बुधबार डब्ल्यूएचओको प्रधान कार्यालय जेनेभामा भएको पत्रकार सम्मेलन गर्दै सङ्गठनका महानिर्देशक डा टेड्रोस अड्रानोम गब्रराइससले कोरोना भाइरसले विश्वव्यापी महामारीको रुपमा फैलिएको बताएका हुन् ।

महामारी शब्दले मानिसमा डर उत्पन्न गराउने भएपनि अहिले कोरोनाको संक्रमण त्यहि रुपमा फैलिएको उनको भनाइ छ । डब्ल्यूएचओको मूल्यांकन अनुसार अब यो प्रकोपका रुपमा मात्रै नरहेको उनले बताए ।

तीन महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका एक सय २३ देशमा फैलिएको छ । एक लाख २६ हजार एक सय ४१ जनामा सङ्क्रमण भइसकेको कोरोना भाइरसका कारण चार हजार ६ सय २७ जनाको मृत्यु भएको डब्ल्यूएचओले जनाएको छ ।

वितेको २४ घन्टामा मात्रै तीन सय ३१ जनाको कोरोनाकै संक्रमणका कारण मृत्यु भएको छ भने सात हजार एक सय ९३ जना नयाँ बिरामी भेटिएका छन् ।

कोरोनाको संक्रमण चीनमा घट्दै गएपनि अन्य देशमा भने हावाको गतिमा फैलिएको छ । इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मरी, अमेरिकालगायतका देशमा कोरोनाको सङ्क्रमण फैलने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार