https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

ग्लोबल आईएमई बैंक र शंकरदेव क्याम्पसबीच सम्झौता

काठमाण्डौ, ३० फाल्गुन — ग्लोबल आईएमई बैंक लिमिटेड र शंकरदेव क्याम्पसबीच सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र शंकरदेव क्याम्पसका प्रमुख कृष्ण प्रसाद आर्चायले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौतापश्चात, शंकरदेव क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्र्यार्थीहरूले कलेजलाई भुक्तानी गर्नुपर्ने शुल्क अब बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

समयसापेक्ष डिजिटल बैंकिङ सेवालाई पवर्द्धन गर्ने उद्देश्य अनुसार बैंकले विभिन्न संघ संस्थाहरुलाई आफ्नो भुक्तानी संकलन गर्नका लागि प्रविधिमैत्री सुविधा उपलब्ध गराउँदै आईरहेको छ । शंकरदेवसँगको यस सहकार्य मार्फत सो क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई शुल्क भुक्तानी गर्नकै लागि बैंक जानुनपर्ने भएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले हाल देशैभर रेहेका शाखा सञ्जाल लगायत ३८ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, दुुई सय ५६ एटीएम, दुई सय ४९ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर तीन प्रतिनिधि/सम्पर्क कार्यालय (अष्ट्रेलिया, बेलायत र भारत)मार्फत आफ्ना १९ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको जनाएकाे छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार