अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीलाई बुवाले गरेस्वागत

काठमाडौं, १ चैत्र – दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण पछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार घर फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई उनका बुवा ले गरेस्वागत गरेका छन् । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १२ दिनको अस्पताल बसाईंपछि आज डिस्चार्ज भएका हुन् ।

मिर्गौला प्रत्यारोपणका बिरामीलाई सामान्यतया ५ दिन अस्पताल राख्ने गरिएपनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था कमजोर भएकोले परिवारको अनुरोधमा थप ५ दिन अस्पताल राखिएको हो ।

शुक्रवार बिहान गरिएका सम्पूर्ण परीक्षणहरु सकारात्मक आएपछि उपचारमा सम्लग्न डाक्टरको समुहले डिस्चार्ज गर्ने निर्णय गरेको थियो । ओलीलाई थप केही दिन बिशेष निगरानी निवासमै उपचार गरिने भएको छ ।

मिर्गौलादाता प्रधानमन्त्री ओलीकी भाञ्जी  समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किसकेकी छन् ।  मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले शुक्रबार उनलाई पहिलो पटक भेटेकी थिइन् ।

यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ को साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । चिकित्सकहरु अनुसार प्रधानमन्त्री ओली पूर्ववत रुपमा सक्रिय जीवनमा फर्कन कम्तीमा ६ महिना लाग्ने छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि १२ दिन अस्पतालमा बसेका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण र अस्पताल बसाइको खर्च ६ लाख सम्म हुनसक्ने त्रिवि शिक्षण अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले अनलाइनलाई जानकारी दिए ।

‘हामीले हिसाब निकाल्न बाँकी नै छ, तर सामान्यतया मिर्गौला प्रत्यारोपण गरेका बिरामीको उपचार खर्च ६ लाखसम्म आउँछ,’ डा खड्गाले खबरहबसँग भने, ‘प्रधानमन्त्रीको भनेर हामीले एक्स्ट्रा लिने कुरा भएन, प्रधानमन्त्रीज्युको उपचार खर्च पनि ६ लाख सम्म नै आउन सक्छ ।’  डा खड्गाले प्रधानमन्त्री ओलीको उपचार खर्चको हिसाब गरेर छिटै सार्वजनिक गरिने पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार