कोरोनासँग लड्ने क्षमता कसरी बढाउने ? – जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे

काठमाडौं – विश्व स्वास्थ्य संगठनले नेपाललाई नोबेल कोरोना (कोविड-१९)को अति जोखिम रहेको क्षेत्रका रूपमा राखेपछि आम नागरिकमा यो रोगका बारेमा चासो बढेको छ । कतिपय डाक्टरहरूले यसबाट आत्तिनु नपर्ने बताइरहेका छन् ।

जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले कोरोनासँग लड्ने क्षमता बढाउने उपायहरू बताएका छन् । उनले सामाजिक सञ्जाल फेस्बूकमा लेख्दै कोरोना भाइरससँग लड्न शरीरको इम्युनिटी पावर कसरी बढाउने भन्ने बताएका छन् ।

हेरौं उनले सुझाएका उपायहरू –

हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको विकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ ।

१. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ ।

२. नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं ।

३. घाममा बसौं ।

४. नियमित अनुलोम / विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ ।

५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं ।

६. बिहान / बेलुका नियमित १-१ चम्चा घ्यु खाने गरौँ ।

७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।

८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।

९. पर्याप्त मात्रामा सुतौं ।

१०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।

११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।

१२. दिल खोलेर हाँस्ने गरौँ ।

१३. नियमित चिया र कफी ( दुध \ चिनी नहालेको ) सेवन गरौँ ।

१४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।

१५ . सरसफाइमा अल्छी नगरौं ।

जनहितको लागि सेयर गरि सम्पुर्ण माझ पुराइ सहयाेग गरीदिनुहोला!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार