https://www.saurabhgroup.com/

सतुङ्गलबाट लुकाइराखेको ८ लाख ४० हजार मास्क बरामद

काठमाडौं, ३ चैत – काठमाडौँको सतुंगलबाट दुई दिनमा करिब १० लाख मास्क बरामद भएको छ । प्रहरीले सोमबार बिहान लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको हो ।

रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा मार्दा ठूलो सङ्ख्यामा मास्क बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

आइतबार मात्र प्रहरीले सोही क्षेत्रबाट १ लाख ४० हजारभन्दा बढी मास्क बरामद गरेको थियो । यसअघि प्रहरीले राजधानीको डल्लुबाट ७८ हजार र कपनबाट १ लाख ६८ हजार मास्क बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार