https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

फेसबूक पेजमा लाइक बढाउन कोरोनाको अडियो बनाइ भ्रम फैलाउने विवेक थापामगर पक्राउ

काठमाडौं, ८ चैत्र – नेपालमा कोरोना भाइरस (कोभिड–१९) बारे फेसबूकमार्फत भ्रम फैलाएको आरोपमा पक्राउ परेका युवकले फेसबूक पेजमा लाइक बढाउन त्यस्तो कार्य गरेको बताएका छन् ।

नर्भिक अस्पतालमा ९ जनालाई परीक्षण गर्दा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै अडियो बनाएर फेसबूकमा भ्रम फैलाउने युवकलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले शनिबार भक्तपुरबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका घर भइ भक्तपुरको सिपाडोल बस्दै आएका २० वर्षीय विवेक थापामगर छन् ।

बयानका क्रममा ती युवकले आफ्नो फेसबूक पेजमा रिच तथा लाइक बढाउन उक्त अडियो बनाएको बताएका छन् । उनले उक्त अडियो झोर्लेन्यूज नामक फेसबूक पेजबाट सार्वजनिक गरेका थिए । प्रहरीको अनुसन्धानका क्रममा थापाले नै उक्त फेसबूक पेज चलाउने गरेको भेटिएको थियो ।

पछिल्लो समय कोरोना भाइरसको विषयमा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेहरु सक्रिय भएका छन् । केही दिन अगाडि टिकटक भिडियोमार्फत केही व्यक्तिले टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना लागेर १७ जनाको मृत्यु भएको भन्दै भ्रम फैलाएका थिए ।

पछिल्लो समय सरकारले सेनाको हेलिकोप्टरमार्फत कोरोना भाइरसविरुद्ध विषादी छर्न लागेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको छ । प्रहरीले कोरोना भाइरसको विषयमा भ्रम सिर्जना गर्ने र अफवाह फैलाउनेहरुविरुद्ध विशेष अभियान चलाइएको बताएको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार