काठमाडौं – कोरोना भाइरसको पुष्टि भएपछि जर्मन चान्सलर एङ्गेला मर्केल क्वारेन्टाइनमा बसेकी छन् । ६५ वर्षकी मर्केललाई गएको शुक्रबार डाक्टरले निमोनिया गराउने ब्याक्टेरिया विरुद्धको खोप लगाएका थिए ।
कोरोना भाइरसको महामारी थप फैलिन नदिने प्रयासमा रहेको जर्मनी सरकारले सार्वजनिक स्थानमा हुने भेलामा थप कडा नियम लागु गरिएको हो । अब सार्वजनिक स्थानमा दुई जना भन्दा बढी भेला हुन पाउने छैनन् ।