कोरोना रोकथाम कोषमा कांग्रेसले ५० लाख दिने

काठमाडौँ — प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले कोरोना जोखिमको रोकथामका लागि निर्माण गरेको कोषमा ५० लाख रुपैयाँ दिने भएको छ ।

सरकारले स्थापना गरेको कोषमा पार्टीका तर्फबाट एकमुष्ट रुपमा ५० लाख दिने निर्णय भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कांग्रेसका संघीय सांसदहरुले १५ दिनको तलब यो कोषमा दिने निर्णय यसअघि नै भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार