नयाँदिल्ली – नेपालमा लकडाउन चलिरहेका बेला भारतमा समेत लकडाउन हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा तीन साता लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन गर्दै मंगलबार मध्यरातदेखि तीन साता भारतमा राष्ट्रिय लकडाउन गर्ने घोषणा गरेका हुन् ।
मोदीले सम्बोधनको क्रममा भावुक हुँदै भने, “मलाई विश्वास छ, प्रत्येक भारतीयले संकटको यस घडमीमा सरकार र स्थानीय प्रशासनको निर्देशनका पालना गर्नेछन् । २१ दिनको लकडाउन धेरै लामो समय हो ।
तर, तपाईको जीवनको रक्षाको लागि, तपाईको परिवारको रक्षाका लागि यस्तो गर्नु उत्तिकै महत्वपूर्ण छ ।” प्रधानमन्त्री मोदीले सामाजिक दूरी नै कोरोना भाइरसविरुद्ध लड्ने महत्वपूर्ण हतियार भएको बताए । उनले जनता कर्फ्युको पालनाले भारतीयहरु कोरोनासँग लड्न सक्षम भएको बताए । एजेन्सी