खाडीबाट आएका एक युवामा पनि कोरोनाको संक्रमण

काठमाडौं,  १२ चैत – नेपालमा थप एक जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार नेपालमा तेस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ।  एक  युवाको स्बाव परीक्षण गर्दा मंगलबार राति १२ बजे कोरोनाको संक्रमण पुष्टि  भएको उनले जानकारी दिए।

ती युवा खाडी मुलुकबाट आएका गुप्ताले जानकारी दिए। उनी कुन एयरको जहाजमा कहिले नेपाल आए भन्ने खुल्न बाँकी छ। ती युवा अहिले टेकु अस्पतालको आइसोलेनसमा उपचाररत छन्।

यसअघि गत आइतबार फ्रान्सबाट आएकी एक १९ वर्षीय युवतीमा पनि कोरोना पोजेटिभ देखिएको थियो।केही समयअघि एक जना युवामा पनि कोरोना भाइरस पुष्टि भएको थियो। उनी भने उपचारपछि निको भएर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार