विश्वमा कोरोनाको कहर : विश्वभर करिब २५ हजारको मृत्यु, पाँच लाख ५० हजारमा सङ्क्रमण पुष्टि

काठमाडौं, १४ चैत्र – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वमा १९९ देशमा पुगेको छ । विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २४ हजार ८८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति सङ्क्रमित भैसकेका छन् ।

कोरोना भाइरसका संक्रमित चीनमा भन्दा अमेरिकामा देखिएका छन् । केही समयसम्म सङ्क्रमितको दर चीन तथा यूरोपेली मुलुकमा बढी रहँदै आएकोमा बिहीबारदेखि सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकामा देखिएको छ ।
अमेरिकामा ८५ हजार ७४९, चीनमा ८१ हजार ३४०, इटलीमा ८० हजार ५८९, स्पेनमा ६४ हजार ५९, जर्मनीमा ४७ हजार २७८, इरानमा ३२ हजार ३३२ र फ्रान्समा २९ हजार १५५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सम्बन्धित देशले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।उपचारारत ८० हजार ५ सय ९९ मध्ये २१ सय २२ जनाको अवस्था गम्भीर रहेकाले अमेरिकामा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या बढ्ने सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको संक्रमण रोक्ने अनेकौं उपाय अपनाइरहँदा पनि अमेरिकामा संक्रमण फैलने क्रम तीव्र भएको छ ।

चीन र इरानबाहेकका एशियाली मुलुकहरूमा सङ्क्रमणको बढी प्रभाव दक्षिण कोरिया र जापानमा रहेको छ । जापानमा एक हजार ३८७ जना सङ्क्रमित रहेकोमा ४७ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा नौ हजार ३९१ व्यक्ति सङ्क्रमित भएका छन् । दक्षिण कोरियामा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १३९ पुगेको छ ।

जापान र दक्षिण कोरियामा फेब्रुअरीको अन्त्यदेखि तथा मार्चको सुरूसम्ममा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको भएपनि पछिल्ला केही हप्ता सङ्क्रमण र मृत्युदरमा उल्लेख्य नियन्त्रण देखिएको छ ।

दक्षिण एशियाली मुलुकहरूमा पाकिस्तानमा सबैभन्दा बढी एक हजार २५२ जना कोभिड–१९का कारण सङ्क्रमित भएका छन् भने नौ जनाको मृत्यु भएको छ । भारतमा ७९९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ ।

श्रीलङ्कामा १०६ व्यक्तिमा सङ्क्रमण, अफगानिस्तानमा ९४व्यक्तिमा सङ्क्रमण चारको मृत्यु, मालदिभ्समा १४ जनामा सङ्क्रमण र नेपाल र भूटानमा तीन-तीन जनामा सङ्क्रमण पुष्टिभएको छ । नेपालमा सङ्क्रमित तीन जनामध्ये एक जना निको भै घर फर्किसकेका छन् ।

३४ पुगेको छ भने २९ हजार ४०६ मा संक्रमण देखिएको छ ।फ्रान्समा पनि १ हजार ६ सय ९६ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या २९ हजार १५५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार