कोरोनालाई जितेका आर्सनलका प्रशिक्षक अर्टेटा के भन्छन् ?

काठमाडौं,  १५ चैत — विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले अहिले सारा विश्व प्रभावित बनेको छ । केही चर्चित  व्यक्तिलाई समेत कोरोनाले छोएको छ । त्यसै मध्ये एक हुन् आर्सनलका प्रशिक्षक मिकेल अर्टेटा ।

अहिले उनले कोरोनालाई पराजित गरिसके र यसबाट छुटकारा पाएका छन् । तर त्यसका लागि उनी झण्डै दुई साता आइसोलेसनमै बस्नुपर्‍यो । ३८ वर्षीय अर्टेटालाई १२ मार्चमा कोरोना पोजिटिभ भेटिएको थियो । त्यसबाट अहिले उनी ठीक भइसकेका छन् ।

कोरोना भाइरस संक्रमणबाट निको भएपछि अर्टेटालाई अब मानिसहरु भावनात्मक रुपमा खुल्ला हुने बताए । हामी अहिले त्यस्तो विश्वमा छौँ जहाँ सामाजिक सञ्जाल नै सबै कुरा भएको छ । ह्वाटस एप टेक्स्ट सबै कुरा भएको छ’ स्पेनका अर्टेटाले भने ।

तर अरुलाई छुनु अंकमाल गर्नु कति महत्वपूर्ण हो भन्दै उनले आफूले त्यही कुरा मिस गरेको सुनाए । ‘तर अहिले अरुलाई छुनु, अनुभव गर्नु अनि एक अर्कालाई हग गर्नु कति महत्वपूर्ण छ ? मैले माया गर्ने मानिसहरुसंग त्यो मिस गरेँ’ अर्टेटाले भने ‘हामी भावानात्मक रुपमा अझै खुल्ला हुनुपर्छ । हामीले एक अर्कालाई आफ्नो फिलिङको बारेमा जानकारी गराउनुपर्छ ।’

बिहीबार मात्र अर्टेटाले आफू कोरोनाबाट पूर्ण रुपमा निको भएको र राहत महसुस गरेको भन्दै सबैलाई घरमै बस्न र सरकारको सुझाव पालना गर्न आग्रह गरेका छन् । उनले कोरोना भाइरसले सारा विश्वलाई नै असर गरेको भन्दै यसबाट हामी पाठ सिक्नुपर्ने बताएका छन् ।

आर्सनलका खेलाडी दुई साताको आइसोलेसनपछि ट्रेनिङमा फर्कने तयारीमा थिए तर अहिले तत्कालका लागि त्यो स्थगित भएको छ ।अर्टेटाले कोरोना लागेको बेला आफ्नो तीन बच्चाको बारेमा चिन्तित रहेको बताए । त्यो समयमा बच्चाहरुसंग रहन नपाएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार