नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज धावनमार्गमा ‘क्रायसल्यान्ड’, सबै सुरक्षित

काठमाडौँ, १५ चैत — काठमाडौंबाट बिरामीहरुको संकलित स्वाबको नमुना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा क्रयासल्यान्ड भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ ।

विभिन्न अस्पतालबाट जम्मा गरिएका बिरामीको स्वाबको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याउन स्वास्थ्य मन्त्रलायले यो विमान चार्टर गरेको थियो।

नेपालगञ्ज विमानस्थलका अनुसार विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य सबै सुरक्षित छन्। जहाज अवतरण हुनेबेला धावनमार्गबाट बाहिर जालीनेर पुगेको हो। चालक दलका सदस्य र चिकित्सकहरुलाई लिन नेपाल एयरलाइन्सले अर्को जहाज पठाउने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार