कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार ८२८ पुग्यो

काठमाडौं, ३० चैत – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १२ लाख ६७ हजार ६२० जनामा पुगेको छ । यो संक्रमणबाट १ लाख ८ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।

कोरोना भाइरस(कोभिड–१)संक्रमणबाट अमेरिकामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यसैगरि अर्को धेरै नागरिक गुमाउने देशमा इटली परेको छ । कोरोना भाइरसका कारण अमेरिका र इटलीमा मात्रै ४० हजारले ज्यान गुमाएका छन् ।

त्यसैगरि विश्वभरिमा ४ लाख ४ हजारको स्वास्थ्य ठिक भएको जोन होप्किन्स विश्वविद्यालयको रिसोर्स सेन्टरले जनाएको छ । जसका अनुसार नेपाली समय अनुसार आइतबार बिहान ९:३० बजे सम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार ५ सय ७७ पुगेको छ ।

अमेरिकामा करिब ५ लाख ३२ हजार भन्दा बढिलाई कोरोना भाइरसबाट संक्रमित भएका छन्। त्यसैगरि पछिल्लो रिपोट अनुसार विश्वभरिबाट १ लाख ८ हजार ८२८ ले ज्यान गुमाएका छन् । अमेरिकापछि सबैभन्दा बढी इटाली आफ्ना नागरिक गुमाउने देशमा परेको छ । १९ हजार ४६८ ले ज्यान गुमाएका छन् ।

त्यस्तै अर्को युरोपेली मुलुक स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ६ सय भन्दा बढि पुगेको छ ।  फ्रान्समा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको छ। आइतबार बिहानसम्म फ्रान्समा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार ८ सय भन्दाबढि पुगेको छ ।

फ्रान्समा संक्रमितको संख्या एक लाख २९ हजार भन्दा बढि रहेको छ । गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले पुरै विश्वलाई आक्रान्त बनाएको छ।  यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले लकडाउन हटाए वा खुकुलो पारेमा घातक हुने चेतावनी दिएको छ।

संक्रमण अझै पनि नियन्त्रणउन्मुख नभएकाले लकडाउन, सामाजिक दूरी र व्यक्तिगत दूरी कायम गर्नुपर्ने डब्लूएचओले बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार