आदरणीय टेलिकमकर्मी मित्रहरु यहाँहरुलाई साक्षी राखेर यो पत्र उच्च व्यवस्थापनलाई सम्प्रेषण गर्न चाहन्छु । म यो सुझाव पत्र लेख्दै गर्दा घर मै लकडाउनमा छु । म जस्तै धेरै साथीहरु पनि राज्यले घोषणा गरेको लकडाउन पालना गरीरहनु भएकै हुनु हुन्छ होला ।
तर हामी मध्येकै केही साथीहरु ग्राहकको सन्तुष्टी र कम्पनीको विश्वासनियताको स्थायीत्व र पेशाप्रतिको ईमान्दारीताले गर्दा कम्पनीको सेवा मर्मत सम्भार, काउण्टर सञ्चालन वा उक्त कार्यको लागि लजिष्टिक सपोर्ट आदि आदि काममा लागि रहनु भएको छ ।
जस्ले कम्पनीको दिघोपन र हामी जस्ता साथीहरुको रोजीरोटीलाई बचाई राखेको छ । जो आफु र आफ्नो परिवारलाई जोखीममा राखेरै भएपनि नागरीकप्रतिको जिम्मेवारी र कम्पनीप्रतिको आस्थाको कारण मृत्यूको भए सँग डरायर तपाई हामी घरमा बस्दै गर्दा अनवरत मृत्यू सँगपनि आखाँ जुधायर काम गरी रहेका छन् ।
ति साथीहरुप्रति म सर्वप्रथम नमन गर्दछु र यो सुझाव पत्र ति साथीहरुप्रति सर्मपित गर्न चाहन्छु । यस्तो व्यक्क्तीत्व भएका मानिसहरुको साथी हो भन्ने मौकाले समेत हामीलाई समाजमा गर्व गर्ने मौका मिल्छ भने यहाँहरुप्रति कम्पनी, म र हाम्रो यूनियन सधै ऋिणी रहिरहने छ ।
कोरोनाको माहामरीले विश्व नै त्राहीमाम भईरहेको वर्तमान समयमा करीब एक महिना देखि हामी सामाजिक दुरी कायम गर्दे लकडाउनमा छौ । प्रत्येक्ष भेट्ननसके पनि यहाँहरुसँग जोडीन र्भर्चुयल माध्यम मार्फत हर प्रयासरत छु । सम्पर्क हुन नसकेकाहरुमा यसै पत्र मार्फत सम्झना भन्न चाहन्छु ।
यस विपतबाट डरायर भन्दा पनि सचेत रहेर मुकाविला गर्न सबैमा अनुरोध गर्दछु । एक सचेत नागरीकको नाताले यस सन्त्रासको लडाईमा राज्यको मात्र उपस्थितीले समधानको सम्भावना सम्भव छैन बरु हामी नागरीकले प्रयास गर्यो र राज्यले दिएकोनिर्देशनको पालना गर्न सक्यौ भने रात पछिको विहानी निश्चित छ ।
जिवनको त्यो उज्यालो छिटो वा ढिलो र्फकाउने शक्ती हामी सँगै रहेकोले सबैमा सचेत भएरव्यवहार गर्न समेत अपिल गर्दछु । कम्पनी व्यवस्थापनले गरेको प्रयास र यूनियनहरुले देखाएको सक्रियताप्रति पनि धन्यवाद भन्न चाहन्छु । यसका बाबजुद्ध पनि लकडाउनमा अप्नाउन पर्ने के ही अपरिहार्य सुझाव म व्यवस्थापनलाई राख्न चाहन्छु ।
१) मानविय क्षतीको कुनै पनि चिज वा वस्तु सँग तुलना गर्न सकिदैन । तर पनिपेशाकर्मीले आफ्नो पेशाप्रतिको ईमान्दारीताले गर्दा विषम परिस्थितीमा पनि आफुलाई जोखिममा राखेरै भए पनि जिम्मेवारी पुरा गर्नु पर्ने रहेछ । यस्तो अवस्थामा काममा खटिनु हुने कर्मचारीहरुको कम्तीमा न्यूनतम सुरक्षाको आवश्यक सामाग्री (पिपिई,माक्स, पन्जा र चश्मा ) आदिको प्रभावकारी व्यवस्थापन गरियोस् ।
२)प्रत्येक्ष फिल्ड र काउण्टरमा काम गर्नु पर्ने कर्मचारीहरुको न्यूनतम रु २५ लाखको बिमाको व्यवस्था गरियोस् ।
३) कम्पनीको काममा लगडाउनको समयमा खटिएका कर्मचारीहरुमा जोखिमको मात्रा बढि रहनु स्वभाविक हो । यस्ता कर्मचारीको परिवार सदस्यहरु समेत अन्यको तुलनामा बढि जोखिममा रहने हुँदा कर्मचारी र उक्त कर्मचारीको परिवार सदस्यहरुमा संक्रमण देखिएमा सम्पुर्ण उपचार खर्च कम्पनीले गर्ने व्यवस्था गरियोस् ।
४) जोखिममा काम गर्दे गरेका कर्मचारीहरुलाई न्यायोचित हुने गरी जोखिम प्रोत्साहन भत्ताको व्यवस्था गरियोस् । साथै वृत्ति विकासमा समेत प्राथमिकतामा सुचिकरण गरियोस् । कुनै मानविय क्षेती भएमा उक्त कर्मचारीको परिवार सदस्य मध्य योग्यता पुगेकालाई रोजगारीको व्यवस्था गर्ने व्यवस्थामिलाईयोस् ।
५) एकातिर कार्यालय आउँदा प्रशासनीक झन्झट त छदै छ । अर्के तिर सार्वजनिक साधनको अभाव र व्यवस्था भएमा पनि उच्च जोखिमको खतर रहेको अवस्थामा कार्यालय आउन र जानको लागि कम्पनी कै सवारी साधनको व्यवस्था मिलाउन समेत सुझाव दिन चाहन्छु ।
६) टेलिकमले दिदै आएको सेवाहरु ADSL,FTTH & PSTN लगायत सेवाको सामान्य अवस्थामा जस्तै महशुल भुक्क्तानी समयमा नगरेको कारण ग्राहकको सेवा अबरुद्ध गरिएको छ । यसले CRBT बाट चेतनामुलक धुन बजाउदा र कोरोना विपत कोषमा चन्दा दिदा कम्पनीले प्राप्त गरेको ख्यातीमा समेत केही धक्का लाएको छ।ग्राहकप्रतिको कम्पनीको विश्वास कम्जोर देखिएको छ । यसैले कम्तीमा लकडाउनसमयमा सेवा अबरुद्ध नहुने व्यवस्था गर्नु उपयूक्त देखिन्छ ।
७) कम्पनीले यो विषम परिस्थितीको पनि सदुपयोग गर्ने प्रयास गर्नु उत्तम देखिन्छ । महशुल भुक्क्तानीमा काउण्टर बाट गरे भन्दा रिचार्जकार्डबाट गरेमा थप बोनस र रिचार्जकार्डबाट गरे भन्दा ONLINE मार्फत गरेमा थप बोनस दिने व्यवस्था गर्नु उपयूक्त देखिन्छ ।यसले एकातिर जोखिम कम, रिचार्जकार्डको समेत अभाव समधान र भोलि सामान्य अवस्थामा समेत आज अभ्यस्त भएका ग्राहकहरु ONLINE मार्फत सेवा लिन लालाहित हुने हुँदा कम्पनीको समेत समय, मानवसाधन बचत एवं मितव्ययीता आउन सक्ने देखिन्छ ।
८) चैत्र देखि अषाढ सम्मको ADSL FTTH & PSTN को महशुल ONLIN मार्फत ADVANCE PAY गरेमा ५ प्रतिशत छुट दिन समेत उपयूक्त हुन्छ । जसले राजस्वको जोखिम समेत कम गर्छ ।
९) विपतको समयमा कर्मचारीहरुलाई आर्थिक अभाव भएमा कम्तीमा ३ महिनाको तलब ADVANCE मा दिने र उक्त रकम एक आर्थिक वर्ष भित्र कटि गर्ने गरि सहुलियत दिने व्यवस्था कार्यान्यनमा ल्याउन समेत सुझाव दिन चाहन्छु ।
१०) चेतनामुलक CRBT र SMS ग्राहकहरुलाई पठाएर सचेत गर्ने कार्यलाई निरन्तर दिनु उपयूक्त देखिन्छ ।
११) कर्मचारीमा उच्च आत्मबल बनाई राख्न र ढाडस दिनको लागि समन्वय, सम्बाद र संचार मार्फत उच्च व्यवस्थापन र यूनियन पदाधिकारी रहेको कम्पनीको कोरोना जोखिम व्यवस्थापनको लागि बनेको समिति अझै सशक्क्त रुपमा कर्मचारीहरुको गाहाे अप्ठेरोमा सम्पर्कमा रहि समस्या समधानमा सक्रीयरुपमा अगाडी आउनु पर्ने देखिन्छ ।
अन्त्यमा यस पिडादायी विश्व क्षणमा सबैलाई आफु पनि बचौ, अरुलाई पनि बचाउ ।लकडाउनको पुर्ण पालना गरि राज्यलाई सहयोग र आफ्नो हित गर्न नचुकौ भन्नचाहन्छु । एक सचेत नागरीक, ईमान्दार राष्ट्र सेवक र असल अभिभावकको जिम्मेवारी समेत हामी सँग रहेकोले यसलाई नभुली आफ्नो पहिचान र कर्तव्यमा लागि रहन सबैमा नयाँ २०७७ ले जोस जाङ्गर उर्जा प्रदान गरोस् भन्दै शुभकामना दिन चाहन्छु ।
कोरना विरुद्धको यो लडाईमा हामी सबैले सफलता प्राप्त गरेपछि सबै सँग प्रत्येक्ष भेट हुने नै छ भन्ने आशा लिएको छु । सवै टेलिकमकर्मी मित्रहरुमा सम्झना, हाल सम्म व्यवस्थापनले गरेको प्रयासलाई धन्यवाद र कम्पनीको काममा लागीरहनु भएका कर्मचारी मित्रहरुलाई जयनेपाल । जय टेलिकम ।
अध्यक्ष
अचुत कुमार ओझा
नेपाल टेलिकम र्वर्कस यूनियन
काठमाण्डौं क्षेत्रीय समिति