सरकारमा बस्नेहरु निमुखा पैदलयात्रीको दर्शकमात्र बने – सभापति देउवा

काठमाडौं, ५ बैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंबाट घरतर्फ हिँडेका नागरिकबारे सरकारमा बस्नेहरु दर्शकमात्र बनेको आरोप लगाएका छन् ।

काठमाडौंमा श्रम गरिरहेकाहरु खाना र बस्ने ठाउँ नहुँदा सयौं किलोमिटर पैदल हिँडेर गाउँतर्फ गएको भन्दै  सरकारमा बसेकाहरु दर्शकमात्र भएको बताएका हुन् ।

शुक्रबार आफ्नो ट्वीटर ह्यान्डलमार्फत देउवाले भनेका छन्, ‘सरकारको भरथेग सबैभन्दा बढी तिनै निमुखा जनतामाथि हुनुपर्ने हो । तर सरकारमा बसेकाहरु ती निमुखाको त्यो यात्राको दर्शकमात्र भएका छन् ।’

कोरोना भाइरसले उत्पन्न लकडाउन लम्बिँदै जाँदा काठमाडौंमा अस्थायी बसोबास गर्ने नागरिक बस पैदलै हिँडेर घर गइरहेका छन् ।

जनप्रतिनिधीलाई देउवाको निर्देशन

सभापति शेरबहादुर देउवाले लकडाउनका कारण काठमाडौं लगाएत विभिन्न क्षेत्रबाट पैदल हिडेकाको उद्धार गर्न निर्देशन गरेका छन ।काँग्रेसका भातृ संस्था तथा काँग्रेसका स्थानिय सरकारका जनप्रतिनिधीलाई तत्कालै उद्धारमा खटिन निर्देशन गरेका हुन ।

घर जान हिडेका नागरिकलाई तत्कालै पार्टीको भातृ तथा शुभेच्छुक संस्था तथा जनप्रतिनिधीले सामाजिक दुरी कायमै राखी खान र बस्नको प्रवन्ध मिलाउँनका लागी आग्रह गरेका छन ।

महाविपतको समयमा सबै मिलेर जानुपर्ने देउवाले बताए । पैदल हिडेका नागरिक बास बस्न पाएका छैनन, भोकै छन, त्यसकारण बाटोमा जहाँ भेटाउँनुहुन्छ, तत्कालै खाना र बस्नको लागी आग्रह गरेका छन ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार