प्राइम बैंककाे कोरोना भाइरस उपचार कोषमा एक करोड पचहत्तर लाख

काठमाडौं, ५ बैशाख  –  प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारद्धार स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा रु.  एक करोड पचहत्तर लाख रुपैयाँको चेक हस्तान्तरण गरेकाे छ ।

बैंकका अध्यक्ष श्री राजेन्द्र दास श्रेष्ठज्यूबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव श्री महेन्द्र प्रसाद गुरागाईज्यूलाई उक्त चेक हस्तान्तरण गरेकाहुन् ।

बैंकले लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न बितरण गरी सहयोग पु्याउँदै आएको जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार