विश्वकामा कोरोना भाइरसबाट १ लाख ८४ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, ११ बैशाख – विश्वकामा फैलिएको कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २३५ पुगेको छ ।  समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ६ हजार ६०७ जनाको मृत्यु भएको छ । एकैदिन विश्वभर ७९ हजार ९५९ जना संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २६ लाख ३७ हजार ६७३ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा मात्रै मृत्यु हुने मानिसको संख्या ४७ हजार नाघेको छ । बुधबार विहान थप २ हजार ३२१ जनाको मृत्यु भएसँगै कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४७ हजार ६८१ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार ३७१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख ४९ हजार ९२ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ८४ हजार ५० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख १७ हजार २६८ जनामध्ये १४ हजार १६ को अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसले इटालीमा बुधबार एकै दिन ४३७ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २५ हजार ८५ पुगेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ३७० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८७ हजार ३२७ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ५४ हजार ५४३ जना उपचारपछि निको भएका छन् ।  उपचार गराइरहेका १ लाख ७ हजार ६९९ जनामध्ये २ हजार ३८४ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार