कोभीड -१९ महामारीमा सरकारलाई अर्यालकाे १२ महत्वपुर्ण सुझाव

काठमाडौं — बिगत चार महिना देखि विश्व समुदाय कोभीड -१९ महामारी ले आक्रन्त भएको छ। यो समस्याबाट नेपाल पनि अछुतो छैन । हाल को एपिडेमियाेलोजिकल पैटर्न हेर्दा हाम्रो देश महामारी को करिब तेस्रो चरण मा प्रबेश गर्दै छ ।

समय को यो कठिनमोड एक सप्ताप्दी पहिले १९१८ मा स्पेनिस फ्लू ले करिब ५ करोड मानिसको ज्यान लियको थियो। यसका बाबजुद हामीले गयको सय बर्षमा यस्तो मानवीय क्षति बेहोर्नु परेको थिएन ।

आज आर्थिक रुपमा सम्पन्न मुलुकहरु जस्को स्वास्थ सम्रचना सबल छ उनिहरुले अझ बढी मानवीय क्षति बेहोर्नु परेको छ। तसर्थ हाम्रो जस्तो स्रोत र साधन सिमित भयको मुलुक मा यस्ले ल्याउने आर्थिक तथा मानवीय क्षति को आकलन गर्न कठिन छ। तसर्थ म सम्पुर्ण नेपाली हरुलाइ हालको Lockdown लाई पुर्ण पालन गर्न अनुरोध गर्दै तलका बुदाहरुमा सरकारको ध्यानाकर्षण गराउदछु ।

१. Lockdown महामारी नियन्त्रणको पुर्ण हतियार होइन, यो एउटा साधन मात्र हो तसर्थ यो समयमा जतिसक्दो मात्रामा हाम्रो स्वास्थ सम्रचना लाइ सुदृढीकरण र सबलिकरण गर्नु पर्छ । यस्को लागि सुरक्षाका साधन हरु (PPEs), medical supplies, परिक्षणका सामग्रीहरुको (PCR, RDT), उपचार गर्ने सेवालाई बिस्तार र ब्यबस्थापन गर्नु पर्छ ।

देशमा कोरोनाको कारण अन्य दीर्घ रोगीहरुले अस्पतालको सेवा पाएका छैनन जुन ज्यादैनै प्रत्युत्पादक हुन सक्छ । त्यो पक्ष लाई समेत्न अलग-अलग ( Dedicated hospitals) सेवा दिने ब्यबस्था गर्नु पर्छ । जस्ले संक्रमण को जोखिम पनि कम हुन्छ उपचार नपाएर अरु रोगको कारण ज्यान जाने सम्भावना कम हुन्छ ।

२. Lockdown लाईअवसरको ढोका (Window of opportunity) पनि भन्ने गरिन्छ। यस अवस्थामा बढी भन्दा बढी कोरोना भाइरस को परिक्षण गर्नु पर्छ जस्ले गर्दा देशमा महामारीको अवस्था थाहा होस। हाल परिक्षण गरिएको स्याम्पलले समस्या आकलन गर्न सकिदैन ।

मो समय सम्म संक्रमीत ब्यक्तिमा बिना लक्षण यो भाइरस रहने भएकोले पनि यस्को निदान र रोकथाम अझ जटिल भएको छ।यो समय case detection, contact tracing and isolation गर्ने हो। यो कार्यले महामारी को प्रसारण रोक्न सकिन्छ । अन्यथा यस्ले गलत आकलन दिन्छ र हामी हरु महामारीको भुमरीमा अझ छिटो पुग्छौ।

३. हाम्रो देशमा उत्पादनका साधनहरु ज्यादै कम छन । करिब 90% उपभोग्य सामग्रीहरु बिदेश बाट आयात गरिन्छ । साथै भएका उद्योगहरु पनि बन्द छन । यस्ले हाम्रो आर्थिक अवस्था अझ जिर्न हुने संभावना देखिन्छ तसर्थ अब सरकारले lockdown लाई कायम गर्दै उद्योगिहरुले कामदारहरुको स्वास्थ सुरक्षा कायम गर्दै संचालनमा ल्याउनु पर्छ ।

अन्यथा हामी ठुलो आर्थिक मन्दीको सामना गर्ने छौ ।यो भुकम्प र अन्य बिपदमा जस्तो अरु देश बाट सहयोग ल्याउने अवस्था पनि छैन किनकि अन्य देशहरू पनि आर्थिक मन्दीले थिलोथिलो हुँदै छन् ।

४. हाम्रो देश कृषिप्रधान हो र अधिकान्श नेपाली को सानोतिनो खेती गर्ने जग्गा जमिन छ। अब सरकारले स्वास्थ को सुरक्षा लाई पालन गरि (भौतिक दुरि कायम गर्दै) जनतालाइ आफ्नो खेती गर्न प्रोत्साहन गर्नु पर्छ जसको लागि हुन सक्छ बीउ, मल र अन्य आर्थिक सहयोग। यो खेती लगाउने समय हो, यो समय को सदुपयोग भयन भने पछि पश्चाताप मात्र बाकी रहने छ।

५. स्कूल अथवा कलेज हरु विद्यार्थी जम्मा हुने ठाउँ भएकाले प्रसारण को जोखिम बढी रहन्छ। तसर्थ दूर शिक्षण प्रबिधिको प्रयोग गर्नु उपयुुक्त होला।यो प्रबिधिको पहुँच सबै नेपाली मा नभएकोले हाल तुरुन्तै बिधालय खोल्नु प्रत्युत्पादक हुनसक्छ । तसर्थ प्रबिधि को बिकास गरेर मात्र शैक्षिक संस्था खोल्नु पर्छ वा online प्रबिधि प्रयोगमा ल्याउनु पर्छ ।

६. हालको अवस्थामा नेपाल मा COVID-19 को प्रसारण अरु छिमेकी देश र बिश्वको तुलनामा कम छ। तसर्थ अन्तर्राष्ट्रिय बिमानस्थल तथा भारत सङगको सिमाना खुला गर्नु हुन्न । नेपालीनै नरहे नेपाल कसरी रहला ।

७. हाल भारतको सिमानामा क्वारेन्टाइन पूरा गरेका नेपाली लाई आफ्नो घरमा आउन खुला र यातायातको ब्यबस्था गर्नु पर्छ । स्थानीय तहमा उक्त ब्यक्तिहरुले स्वास्थ को नियम पुर्ण रुपमा पालना गर्नु पर्छ ।

८. काठमाडौं र अधिराज्य का विभिन्न शहरमा रहेका नेपाली कामदार तथा अन्य ब्यक्ति हरु स्वास्थ सुरक्षा पालना गर्दै घर जाने ब्यबस्था गर्नु पर्छ । यस्ले गाउँ मा खेती गर्ने अवसर मिल्छ, सबै परिवार संगै हुँदा मनोसामाजिक सहयोग हुनाले रोग सङको लडाइँमा आत्मबल बढछ। भने सरकार ले वितरणगर्ने उद्दार सहयोग को मात्रा पनि घटन सक्छ ।

९. स्वास्थ सेवा मा समलग्न सबै स्वास्थ कर्मि तथा सुरक्षा कर्मि हरु जो frontline मा रहेर युद्धको मोर्चा समालेका छन ऊनीहरु को आत्मबल बलियो बनाउन उपयुक्त सुरक्षा साधन हरु, बिमा तथा मनोसामाजिक सहयोग दिनु पर्छ।

१०. COVID -19 महामारी को लडाइँ जित्न केबल सरकार यक्लैले सक्दैन तसर्थ सम्पुर्ण निकाय सङको साझेदारी को आबस्यकता पर्छ तसर्थ अवकाश प्राप्त सरकारी, गैरसरकारी, सयुक्त रास्ट्रसंघ तथा स्वतन्त्र ब्यक्ति हरु जो जनस्वास्थ्य, microbiology, अर्थशास्त्र, epidemiology, सूचना तथा संचार बिज्ञ, स्वास्थ बिज्ञान मा दक्षता हासिल गरेका बिज्ञहरुको शुचि तयार गरि परिचालन गर्नु पर्छ ।

११. बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरण र यस्का सम्पूर्ण बैधानिक ब्यबस्था र यस्ले निर्दिष्ट गरेका संरचनाहरु परिचालन गर्नु पर्छ किनकि पुर्ण समाज (a whole society approach) प्रक्रियाबाटमात्र यो समस्या लाई कम गर्न सकिन्छ ।

१२. आर्थिक मन्दी को मार लाई कम गर्न बित्तीय संस्था सङ सहकार्य गरि सो समस्या हल कालागि आबस्यक आर्थिक तथा नीतिगत सहयोग गर्नु पर्छ ।

– अर्याल क्यानेडियन रेडक्रसमा पोग्राम म्यानेजर हुनुहुन्छ 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार