काठमाडौं, २१ बैशाख – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ८०३ पुगेको छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको महामारीबाट ३४ लाख ८५ हजार ९३६ मानिस संक्रमित भएका छन् ।
उत्तर अमेरिकी मूलुकहरुमा १२ लाख ५७ हजार ९८७ जना संक्रमित भएका छन् । ७३ हजार ७४५ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख ८३ हजार ७१ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १७ हजार ७१७ जनाको अवस्था गम्भीर छ । २ लाख १ हजार १७१ जना उपचारपछि घर फर्किएका छन् ।
दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ९९ हजार ७५० जनामा संक्रमण देखिएको छ । १० हजार २४३ जनाले ज्यान गुमाएका छन् । ६९ हजार ३९ जना निको भएका छन् भने १ लाख २० हजार ४६८ जना उपचाररत छन् । ९ हजार ८६२ को अवस्था गम्भीर छ ।
अफ्रिकी राष्टमा ४३ हजार ७३४ संक्रमित भएका छन् । १ हजार ७६३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३७० जना संक्रमित भएका छन् । ११३ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको महामारीले सबैभन्दा धेरै क्षति पुर्याएको अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६७ हजार नाघेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार बिहान समाचार तयार पार्दासम्म १ हजार ६४३ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६७ हजार ३९६ पुगेको छ ।
अमेरिकामा एकैदिन २८ हजार ५३४ बढीमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ११ लाख ५९ हजार ५६४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ६० जना ७०५ उपचारपछि निको भएका छन् । १६ हजार ४७५ जनाको अवस्था गम्भीर रहेको छ । ९ लाख ३१ हजार ४६३७ जना उपचाररत छन् ।
कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १ सय जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १ सय जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३२३ पुगेको छ ।
भारतमा एकैदिन थप २ हजार ४४२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३९ हजार ६९९ पुगेको छ । भारतमा संक्रमितमध्ये १० हजार ८१९ जना उपचारपछि निको भएका छन् । २७ हजार ५५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सार्क मुलुकमा पनि भारत भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा छ ।
एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ३३६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार ११५ जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।