मदरसामा पढाउने शिक्षकबाट थप ९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं, २१ बैशाख – नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पर्सामा ३६ वर्षीया पुरुष र नेपालगञ्जको प्रयोगशालामा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

नेपालगन्ज मदरसा र घरघरमा गई टिउसन पढाउने व्यक्ति नै कोरोना संक्रमित पाईएपछि उनको सम्पर्कमा आएकाहरुका परिक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टी भएको हो।डा देवकोटाका अनुसार नेपालगञ्जमा देखिएका कोरोना संक्रमित ५ जना पुरुष र ४ जना महिला छन् । उनीहर ७ देखि ५८ वर्ष उमेरका छन् ।

नेपालगन्ज डिएसपी रोडका ६० बर्षीय ति पुरुष शिक्षकमा कोरोना संक्रमणको पुष्टि भएपछि उनको घरपरिवार र सम्पर्कमा आएकाहरुको स्वाब शनिवार संकलन गरिएको थियो। संक्रमित मध्ये ६ जना ति व्यक्तिको परिवारका सदस्य, एकजना उनले टयुसन पढाउने ठाउँको व्यक्ति र अरु २ जना सम्पर्कमा आएका व्यक्ति रहेका छन्।

उनको घरपरिवार र उनले काम गर्ने महेन्द्र पार्क नजिकै जोलहनपुर्वास्थित मस्जिद, स्थानीय र मदरसाका विद्यार्थी गरी ९० जनाको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि भेरी अस्पताल पठाइएकोमा आज ९ जनाको कोरोना पोजेटिभ देखिएको हो ।

शुरुमा फेला परेका संक्रमित शिक्षक निजामुद्धिन मर्कसको जमातबाट आएका जमाती रहेको समेत पाइएको छ। उनी लकडाउन हुनु केहि समय अघी मात्र भारतबाट नेपाल आएका थिए।

डा देवकोटाका अनुसार पर्सामा देखिएका ३६ वर्षीया कोरोना संक्रमितको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो भने अन्य ९ जनाको नेपालगञ्जको प्रयोगशालामा पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको हो ।

आज संक्रमण पुष्टि भएका मध्ये वीरगञ्जका संक्रमितलाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । यस्तै नेपालगञ्जमा संक्रमण पुष्टि भएका ९ जनालाई नेपालगञ्जको कोरोना विशेष अस्पतालमा लगिदै गरेको प्रवक्ता देवकोटाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार