मदरसाका शिक्षककै सम्पर्कमा आएका थप ६ जनामा भेटियो कोरोना

काठमाडौं, २२ बैशाख  –

 

नेपालगन्जमा १५ जना कोरोना संक्रमित भेटिएको भेरी अस्पताल स्रोतले बताएको छ। केहिबेर अघि ५ पुरूष र ४ जना महिलालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको थियो।

पहिलो चरणमा देखिएका ७ देखि ५८ वर्ष उमेरका छन्। तर पछि देखिएका ६ जना मध्ये ३ पुरुष र तीन महिला छन्। उनीहरु नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का हुन्। सोमबार पुनः ६ जनाको तेस्रो पटक स्वाब जाँच गरिने अस्पताल श्रोतले जानकारी दिएको छ। अहिले नेपालगन्जलाई सुरक्षाकर्मीले पुरै सिल गरेको छ।

९० जनाको स्वाब परिक्षण गर्न पठाएकोमा ६० जनाको रिपोर्ट आएको जसमा १५ जना पोजिटीभ र ४५ को नेगेटिभ आएको भेरी अस्पताल स्रोतले बताएको छ। ३० जनाको रिपोर्ट आउन बाँकी रहेको छ। अस्पताल श्रोतका अनुसार संक्रमितको संख्या बढन सक्ने अनुमान छ। संक्रमितहरु सबै एकै समुदायका छन्। नेपालगन्जमा हिजो भेटिएका ६० बर्षिय मुस्लिम शिक्षकसँगै संक्रमितको संख्या १६ पुगेको हो।

नेपालगन्ज डिएसपी रोडका ६० बर्षीय ति पुरुष शिक्षकमा कोरोना संक्रमणको पुष्टि भएपछि उनको घरपरिवार र सम्पर्कमा आएकाहरुको स्वाब शनिवार संकलन गरिएको थियो। संक्रमित मध्ये ६ जना ति व्यक्तिको परिवारका सदस्य, एकजना उनले टयुसन पढाउने ठाउँको व्यक्ति र अरु २ जना सम्पर्कमा आएका व्यक्ति रहेका हुन्।

उनको घरपरिवार र उनले काम गर्ने महेन्द्र पार्क नजिकै जोलहनपुर्वास्थित मस्जिद, स्थानीय र मदरसाका विद्यार्थी गरी ९० जनाको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि भेरी अस्पताल पठाइएकोमा आज ९ जनाको कोरोना पोजेटिभ देखिएको हो ।

शुरुमा फेला परेका संक्रमित शिक्षक निजामुद्धिन मर्कसको जमातबाट आएका जमाती रहेको समेत पाइएको छ। उनी लकडाउन हुनु केहि समय अघी मात्र भारतबाट नेपाल आएका थिए।

आज देखिएका ९ जना कोरोना संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सल अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा राखिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार