काठमाण्डौं, २३ बैशाख – नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा आजदेखि तीन दिन निषेधित क्षेत्र घोषणा गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी वर्ष २२, ३०, ४० का पुरुष र वर्ष ०९, ३२, ३४ र ५५ की महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सातै जनाको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।