काठमाडौँ, २४ बैशाख – सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
जारी लकडाउन बैशाख २५ गते भोलि समाप्त हुँदैथियो । आजको बैठकमा सरकारले लिएका नीतिले संक्रमण रोकथाममा पारेको अशरका सम्बन्धमा पनि बैठकमा छलफल भैरहेको छ ।