चिनियाँ नागरिक सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप, ६ जना घाइते

काठमाडौं, २६ बैशाख सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि धर्ना बसेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । झडपमा परी दुई चिनियाँसहित ६ जना घाइते भएका छन् ।

घर फर्कन माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडि धर्ना दिएका उनीहरु भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । शुक्रवार दिउँसो २५/३० जनाको संख्यामा रहेका चिनियाँहरु सिंहदरबार भित्र प्रवेश गर्न खोजेपछि झडप भएको थियो ।

‘चिनियाँ नागरिकहरु सिंहदरबार भित्र पस्न खोजेपछि  बल प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले अनलाइनसँग बताए ।

पक्राउ परेका चिनियाँ नागरिकहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको र यसबारे दूतावसमा जानकारी गराउने बताए ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार