विश्वभर कोरोना भाइरसवाट २ लाख ८७ हजारको मृत्यु, ४२ लाख ५६ हजार संक्रमित

काठमाडौं, ३० बैशाख- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८७ हजार ३५३ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४२ लाख ५६ हजार ५३८ जना संक्रमित छन् ।

संक्रमितमध्ये १५ लाख २७ हजार ७२६ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ४१ हजार ४५९ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४६ हजार ९५६ जनाको अवस्था गम्भीर छ ।

मंगलबार यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५३ हजार ९२६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ५३ हजार ९२६ पुगेको छ ।

उत्तर अमेरिकी मुलुकहरुमा ९१ हजार २११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख १७ हजार ८६८ पुगेको छ । यस्तै एसियाली मुलुकहरुमा २२ हजार ४५१ जनाको मृत्यु भएको छ । ६ लाख ८३ हजार ६३७ जना संक्रमित छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा १६ हजार ९१० जनाको मृत्यु भएको छ । ३ लाख १९ हजार २९७ जना संक्रमित छन् । अफ्रिकी मुलुकहरुमा २ हजार ३५५ जनाको ज्यान गएको छ भने ६७ हजार ७७८ जना संक्रमित छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५४९ पुगेको छ । सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार ७२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७ हजार ४३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १३ लाख ८४ हजार ६८१ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख ६० हजार ४०० जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १० लाख ४२ हजार ५५७ जनामध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार