नेपालमा संक्रमित हुनेको संख्या २४५ पुग्यो, थप दुइ जनामा कोरोना

काठमाडौं, १ जेष्ठ – नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष  र कपिलवस्तुकी ६ वर्षीया बालिका छन् ।

बिहीबार पनि चन्द्रागिरिकै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि राजधानी काठमाडौंमा कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या ६ पुगेको छ ।

बुधबार एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार