नेपालमा संक्रमितको संख्या २५८ पुग्यो, थप ९ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं, २ जेष्ठ आज विहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण जारी गर्दै आज विहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पतालकाे नेपालगञ्जमा गरिएको परीक्षण अनुसार ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार आज विहान संक्रमण पुष्टि भएकाहरुमा मकावानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर-०१, ०३ र ०५ निवासी १८, २०, २२, २५, २७, ३२ र ३६ वर्षीय पुरुष रहेका छन् । आज संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार