साउदीमा अलपत्र नेपालीहरु लाई सिटी एक्सप्रेसद्वारा राहात वितरण

काठमाडौँ, ५ जेठ  – सिटी एक्स्प्रेस मनि ट्रान्सफरले साउदी अरवकाे रियादमा अलपत्र परेका २५ जना नेपालीशरुलाइ  एक महिना खाना खान पुग्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराएको छ ।

उनिहरु ३ महिना अघि साउदी आएका थिए । उनिहरुलाइ नेपाल बाट सक्सेस मेनपावर एजेन्सी प्रा.लि.बाट साउदीको Al waha business contracting company २ महिना अघि पठाएकाे रहेछ ।

रोजगारदाता कम्पनी र उनीहरुको बिचमा भएको सम्झाैता पत्रमा करार अवधी २ वर्ष,खान,बस्ने सुविधा कम्पनीले उपलब्ध गराउने, तलब १०००+३००, यातायात, इन्स्योरेन्स, हवाई टिकट, दैनिक ८ घण्टा ड्युटि, हप्तामा एक दिन छुट्टि लगायतका सुबिधाहरु कम्पनी उपलब्ध गराउने उल्लेख छ।

तर यहाँ आएपछि १५ दिन सम्म काम गरे पछि लकडाउन भएको कारण काम बन्द भयो त्यसपछि कम्पनीले बस्न मात्रै दिएर तलब भने दिएको थिएन।

उनिहरुले खाना खान नपाएको बारेमा नेपाली दूतावास लगायत सहयोगी संघ, संस्थाहरुलाई जानकारी गराइएको भएपनी कसैले चासाे नदिएकाे कामदारहरुले बताए ।

अरव नेसनल बैंक (टेलिमनी रेमिटेन्स) का नेपालका लागि  मेनेजर जितेन्द्र थपलियाको नेतृत्वमा नेपालकाे सिटि एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्ड्नकाे समन्वयमा पिडितहरुलाई एक महिना खाना खान पुग्ने खाद्यान्न लगायतका सामग्रीहरु वितरण गरिएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार