गुल्मीमा शिक्षक कोरोना संक्रमित, अर्घाखाँची हुँदै रुपन्देहीको क्रिमसन अस्पतालमा

रुपन्देही, ५ जेष्ठआइसियुमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पताल सिल गरिएको छ । गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकमा संक्रमण पुष्टि भएको हो । उनी दमको रोगी भएको र अवस्था गम्भीर रहेको बताइएको छ । कोरोना पुष्टि भएपछि थप उपचारका लागि उनलाई भैरहवास्थित भीम अस्पताल लगिएको छ ।

उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या भएपछि उनी जेठ १ गते अस्पताल भर्ना भएका अस्पतालका प्रशासकीय अधिकृत मनमोहन भट्टराईले बताए । अहिले उनलाई उपचारका लागि भैरहवाको भीम अस्पताल लगिएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले तीन दिनअघि स्वाब संकलन गरी परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि गुल्मी, अर्घाखाँची हुँदै बुटवलको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनले स्थानीय मेडिकलमा परीक्षण गराएका थिए । त्यहाँबाट अर्घाखाँचीस्थित छायाँ मेडिकल हलमा परीक्षण गरेका थिए । मेडिकलमा परीक्षण गराउँदा फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि बुटवल पठाइएको थियो ।

जेठ १ गते उपचारको लागि रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा ल्याइएका ४१ वर्षीय ती पुरुषको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

स्थानीयका अनुसार मदाने गाउँपालिकाले उनको घरनजिकै ज्वरो क्लिनिक राखेको थियो । त्यहाँ भारत र तेस्रो मुलुकबाट आउनेको ज्वरो र स्वास्थ्य परीक्षण गर्ने गरिएको थियो । संक्रमण देखिएका उनको जेठ २ मा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो । उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि क्रिमसन अस्पताल सिल गरिएको छ । उनको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्नका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार