https://subisu.net.np/payment-partners

क्रिमसन अस्पतालमा उपचाररत संक्रमितलाई मन्त्रीले मृत भनी मिडियाकर्मीलाइ सूचना दिएपछि !

रुपन्देही, ७ जेष्ठ – गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय शिक्षक रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा जेठ १ गते भर्ना भए । उनलाई अहिलेसम्म भेन्टिलेटरमा राखिएको छ । ज्वरो आएर अस्पताल भर्ना गरिएका उनको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि दुई दिनयता चिकित्सकहरु उनको छेऊ पर्न छाडेका थिए ।

उनलाई भेन्टिलेटरमा राखेको दुई दिनपछि अस्पताल प्रशासनले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई सम्पर्क गरेर कोरोनाबाट बिरामीको मृत्यु भयो भन्दै शव कहाँ व्यवस्थापन गर्ने भनेर सोधेको थियो ।

अस्पतालबाट प्राप्त सोही सूचनाका आधारमा मन्त्री बरालले कोरोना संक्रमितको मृत्यु भएको सूचना मिडियालाई दिए । साथै उनले कोरोना संक्रमितको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न अस्पताललाई सुझाए ।

अफवाह व्यापक भएपछि क्रिमसन अस्पताल प्रशासनले बुधवार मध्यान्न १२ वजे एक प्रेस विज्ञप्ती निकालेर सामाजिक सञ्जाल र केही मिडियाहरुमा निज कोरोना संक्रमित गुल्मीको मदाने गाउँपालिका वडा नं.६ निवासी ४१ वर्षीय पुरुषको निधन भएको भन्ने गतल, भ्रामक, अतिरंजीत समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमुदायमा त्यसको अनाश्वश्यक त्रासको वातावरण सृजना भएकाले यस सम्वन्धमा गलत समाचारको विश्वास नगर्न आह्वान गरेको छ।

अहिले अस्पतालले विज्ञप्ती जारी गरेपछि यसका वारेमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ। यसरी जिवित मान्छेलाई प्रदेश–५ का सामाजिक विकास मन्त्री सुर्दशन वराल, तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरे, अस्पताल सञ्चालकले किन र कसरी मृत्यु भएको भनि पुष्टि गरे भन्नेबारे उचित छानविन हुनुपर्ने माग पनि हुन थालेको छ। यो समाचारले पत्रकारहरुको हतारोको नकारात्मक टिप्पणी भएको छ।

व्यक्तिको मृत्युको अफवाह फैलाउने सामाजिक विकास मन्त्री, अनावश्यक खबरलाई पुष्टि गर्ने तिलोत्तमा नगरप्रमुख, र गलत सुचना दिने क्रिमसन अस्पतालका सञ्चालक माथि कार्वाहीको माग समेत जनस्तरबाट उठ्न थालेको छ।

—पुनश्च : तथ्यहीन समाचार प्रकाशित हुन पुगेकोमा क्षमापार्थी छाै।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार